PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बराबरीमा रोकिए एनआरटी र हिमालयन शेर्पा



पहिलोपोस्ट

बराबरीमा रोकिए एनआरटी र हिमालयन शेर्पा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका हुन्।

खेलमा दुबै टोलीले खासै धेरै अवसर सिर्जना गर्न सकेनन्। र, बनाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रोकिएको हो।

योसँगै १४ अंक जोडेको एनआरटी सातौं स्थानमा यथावत छ। एनआरटीले ३ जित ५ बराबरी र २ पराजय ब्यहोरेको छ। त्यस्तै १२ अंक जोडेको हिमालयन शेर्पा क्लब १२ अंक जोड्दै तालिकाको ८ औं स्थानमा यथावत छ।

आजै हुने दोस्रो खेलमा एपीएफ र संकटा क्लब पौने ४ बजे आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell