PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : सभामुखले बोलाए सर्वदलीय बैठक



पहिलोपोस्ट

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ।

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार महाअभियोगको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell