PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

थप ५२१ जनामा कोरोना संक्रमण देखिँदा १० जनाको मृत्यु



पहिलोपोस्ट

थप ५२१ जनामा कोरोना संक्रमण देखिँदा  १० जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार १ सय १५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो।

आरटी-पीसीआर परीक्षणबाट ४२७ र एन्टीजेन परिक्षणबाट ९४ जनामा कोरोना संक्रमण देखिएको हो। परीक्षण गरिएका मध्ये ५.१५ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो।

त्यसैगरी, पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३५ जना संक्रमण मुक्त हुँदा सक्रिय संकमितको संख्या २२ हजार ५ सय ८४ रहेको छ। साथै कोरोना संक्रमणकै बिच थप १० जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५६ हजार १२ जनाले खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell