PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

'भ्यालेन्टाइन डे' को पूर्व सन्ध्यामा पोखरा : बन्जी र कपल स्विङ गर्दै प्रणय साटासाट

'भ्यालेन्टाइन डे' को पूर्व सन्ध्यामा पोखरा : बन्जी र कपल स्विङ गर्दै प्रणय साटासाट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भोलि फेब्रुअरी १४। प्रेमलाई प्रगाढ बनाउने पर्व अर्थात् 'भ्यालेन्टाइन्स डे'। प्रणय दिवसका अवसरमा शहरी क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना हुँदैछन्। जोडी लक्षित आकर्षक प्याकेजहरु पनि घोषणा भएका छन्। पोखरामा पनि 'भ्यालेन्टाइन्स डे'मा प्रेम जोडीका लागि होटल र रिसोर्टले विभिन्न प्याकेज ल्याएका छन्।

प्याकेज घोषणा गरिएका रिसोर्ट र होटलहरुले अपेक्षाअनुसार बुकिङ भने पाएका छैनन्। यद्यपि, साहसिक पर्यटनका लागि भने युवाहरु पोखरा पुगिरहेका छन्।

प्रेमिल जोडीलाई साहसिक खेलमा लोभ्याउन हाइ ग्राउन्ड एड्भेन्चर्स नेपालले 'भ्यालेन्टाइन्स डे' लक्षित छुटको योजना ल्याएको छ। कपल बन्जी गर्दा कपल स्विङ निःशुल्क गर्न पाइने अफर कम्पनीले दिएको छ। र, जिपलाइन बुक गर्ने जोडीले पनि स्विङ नि:शुल्क खेल्न पाउनेछन्।

मुलुककै पहिलो टावर बन्जी सञ्चालनमा ल्याएको हाइग्राउन्डले पहिलोपटक कपल बन्जी सुरु गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell