PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एलपीएल राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट, विजेताले १ लाख ५० हजार पाउने



पहिलोपोस्ट

एलपीएल राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट, विजेताले १ लाख ५० हजार पाउने

कैलाली: विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को छैटौँ संस्करण भोलिबाट कैलालीको धनगढीमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । आजै ट्रफी पनि सार्वजनिक गरिएको छ।

लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४ गतेसम्म सञ्चालन हुने ‘धनगढी मेयर एलपीएल–६’ को मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहेको छ। प्रतियोगितामा काठ्माण्डौँ, कैलाली र कञ्चनपुरका १० विद्यालय स्तरीय क्रिकेट टिमको सहभागिता रहको छ। जसमा प्रत्येक टिमले ४ जना विद्यालय बाहिरका १९ वर्ष मुनिका खेलाडी समेत राख्न पाउने व्यवस्था छ। आसन्न संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उप कप्तान शेर मल्ल, अर्जुन साउन, वसन्त कार्की, आदिल अन्सारी, प्रकाश जैसी, बशिर अहमद, सन्तोष कार्कीलगायतका खेलाडी समेत सहभागी छन्। प्रत्येक टिमलाई दुई समूहमा विभाजन गरी समूह चरणमा एउटा टिमलाई ४/४ वटा खेल खेलाइने छ।

प्रतियोगिताको उद्घाटन भोलि बिहान १० बजे धनगढी उपमहानगरपालिका मेयर नृप वडूले गर्ने छन्। उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन्। लिग चरणका ४ खेल पश्चात् समूह विजेता र उप विजेता सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेतालाई १ लाख ५० हजार र उप–विजेतालाई ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए। प्रतियोगिता सञ्चालनको तयारी पुरा भइसकेको शाहीले बताए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीलाई १०/१० हजार प्रदान गरिनले शाहीले जानकारी दिए। प्लेयर अफ द म्याचका साथै आसन्न संस्करणबाट प्रत्येक खेललाई थप रोमाञ्चक बनाउन गेम चेन्जर अवार्ड र सर्वोत्कृष्ट छक्का अवार्ड समेत थप गरिएको आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell