PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

'नोगेन' गीत विवाद : संगीत चोरीको आरोप लगाएका वसन्त सापकोटाले महेश खड्कासँग मागे माफी



पहिलोपोस्ट

'नोगेन' गीत विवाद : संगीत चोरीको आरोप लगाएका वसन्त सापकोटाले महेश खड्कासँग मागे माफी

काठमाडौं: एकसाताअघि 'नोगेन' बोलको गीत सार्वजनिक भयो। जसमा गायक प्रमोद खरेल र रुक्साना लिम्बुको स्वर छ। रिलिज भएसँगै यो गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आयो। गीतलाई दर्शकले रुचाए पनि। 

तर चर्चाबिच संगीतकार वसन्त सापकोटाले गीतको संगीत चोरी भएको आरोप लगाए। अहिले भने सापकोटाले 'नोगेन' का संगीतकार महेश खड्कासँग माफी मागेका छन्।

उनले फेसबुक मार्फत आफूबाट गल्ती भएको स्विकार गरेका छन्। सापकोटाले महेशसँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्ने समेत उल्लेख गरेका छन्।

संगीतकार वसन्त सापकोटाले ‘नोगेन’ को संगीत आफ्नो गीत ‘सागर सरी’ सँग मिलेको आरोप लगाएका थिए। तर 'नोगेन' का संगीतकार महेश खड्काले भने आफूले संगीत नचोरेको दाबी गरेका थिए। उनले आरोप प्रमाणित नगरेको खण्डमा वसन्तविरुद्ध मानहानीको मुद्दा हाल्ने समेत चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell