PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

ए डिभिजन लिगका आजका 'मिड टेबल'का दुई खेल, दुबै गोलरहित बराबरी



पहिलोपोस्ट

ए डिभिजन लिगका आजका 'मिड टेबल'का दुई खेल, दुबै गोलरहित बराबरी
एनआरटी (सेतो जर्सी) र हिमालयन शेर्पा क्लबका खेलाडी भिड्दै। तस्बिर: एन्फा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुबै खेल गोलरहित बराबरीमा रोकिएका छन्।

आज सम्पन्न पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) गोलरहित बराबरीमा रोकिएका थिए।

त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा संकटा क्लब र विभागीय टोली एपीएफ पनि गोलरहित बराबरीमै रोकिए।

यो सँगै १५ अंक जोडेको संकटा क्लब तालिकाको पाँचौं स्थानमा उक्लिँदा र एनआरटी १४ अंकसहित तालिकाको सातौं स्थानमा छ। त्यस्तै १२ अंक जोडेको हिमालयन शेर्पा क्लब ८ औं स्थानमा रहँदा ११ अंक जोडेको एपीएफ तालिकाको नवौं स्थानमा छ। 

आजको खेलसँगै दशौ चरणका खेलहरु पनि सकिएका छन्। दशौं चरण सकिँदा  २६ अंक जोडेको मछिन्द्र क्लब शीर्ष स्थानमा छ भने २० अंक जोडेको मनाङ मर्स्याङदी क्लब दोस्रो स्थानमा छ। त्यस्तै रेलिगेशन क्षेत्रको रेड जोनमा ६ अंक जोडेको ब्रिगेड ब्वाइज र ५ अंक जोडेको च्यासल युथ क्लब छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell