PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : आधिकारिक धारणा बनाउन बालकोटमा एमालेको सचिवालय बैठक



पहिलोपोस्ट

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : आधिकारिक धारणा बनाउन बालकोटमा एमालेको सचिवालय बैठक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवलाय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको छ।

सत्तारुढ गठबन्धनमा रहेका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेको सचिवलय बैठक बसेको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले लगाएको महाअभियोगबारे बैठकमा छलफल भइरहेको छ। बैठकले महाअभियोगबारे आधिकारिक धारणा सार्वजनिक गर्नेछ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि एमाले नेताहरुले यो कदमलाई स्थानीय तहको चुनाव बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। महाअभियोग छापामार शैलीमा आएको भन्दै राज्यका अंगहरूलाई आफ्नो स्वतन्त्र संवैधानिक भूमिकामा क्रियाशील हुन नदिने प्रयास भएको एमाले नेताहरुको टिप्पणी छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले दर्ता भएको महाअभियोग आफ्नो पार्टीलाई थाहा नै नदिई छापामार शैलीमा आएको बताइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell