PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमसीसीबारे माधव नेपाल : विभिन्न आशंकाबिच मुलुकलाई रणभूमि बनाउन हुँदैन



पहिलोपोस्ट

एमसीसीबारे माधव नेपाल : विभिन्न आशंकाबिच मुलुकलाई रणभूमि बनाउन हुँदैन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउन नसकिने बताएका छन्। महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्न आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले एमसीसीबारे विभिन्न आशंका रहेकोले अहिलेकै अवस्थामा बढाउन नसकिने बताए।

‘हामीहरु असंलग्न परराष्ट्र नीतिको पक्षमा छौं। एमसीसीलाई लिएर अहिले विभिन्न आशंका कायमै भएको बेला मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन हुँदैन’ नेपालले भने।   

उनले सत्तारुढ गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जाने समेत बताए। त्यसका लागि गठबन्धनमा पटक पटक छलफल भएको उनले बताए। नेपालले आफ्नो नेतृत्वको पार्टी समाजवादको यात्रामा निरन्तर अगाडि बढेको भन्दै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरंग पैदा गरेको दाबी समेत गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell