PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रधानन्यायाधीशबाट निकास आएन त्यसैले महाभियोग लगायौं : प्रचण्ड



पहिलोपोस्ट

प्रधानन्यायाधीशबाट निकास आएन त्यसैले महाभियोग लगायौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको बेथिति अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको बताएका छन्।

जनकपुरमा संचारकर्मीहरुसँगको कुराकानीमा उनले सर्वोच्च अदालतमा पछिल्लो समय बढ्दै गएको अन्याय,अन्यौलता र  बेथितिविरुद्ध यो कदम चाल्नु परेको बताएका हुन्।

‘न्यायालयमा अन्याय, अन्यौलता र बेथिति बढ्नु राज्य र जनताका लागि दु:खद् हो। बार र न्यायाधीशहरु नै आन्दोलित थिए। सहज निकास होस् भन्ने हाम्रो चाहना थियो,’ प्रचण्डले भने, ‘संवादको माध्यमबाट समाधानका लागि हामीले पहल पनि गरेका थियौं।’

उनले अदालतमा बेथिति बढ्नुको मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै भएको गठबन्धनको ठहर रहेको समेत बताए। त्यसैले प्रधानन्यायाधीशबाट नै आफूहरुले निकासको अपेक्षा गरेको उनले सुनाए।

‘हामीले निकासका लागि आग्रह गर्‍यौं। तर भएन। न्याय क्षेत्र अन्यौल ग्रस्त भएपछि लोकतान्त्रिक प्रक्रियाबाट निकास दिन गठबन्धन महाभियोग लगाउन सहमत भयो,’ प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell