PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

लिभरपुलले बर्नलीलाई हरायो, वुल्भ्ससँग टोटेनहमको हार



पहिलोपोस्ट

लिभरपुलले बर्नलीलाई हरायो, वुल्भ्ससँग टोटेनहमको हार
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई हराएको छ। टर्फ मोरमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली बर्नलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

लिभरपुलको जितमा फ्याबिन्होले निर्णायक गोल गरे। उनले खेलको ४० औं मिनेटमा गरेको गोल लिभरपुलको जितका लागि पर्याप्त रह्यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपर वुल्भरह्याम्पटनसँग पराजित भयो। वुल्भरह्याम्टनले घरेलु टोली टोटेनहमलाई २-० गोलअन्तरले हराएको हो।

खेलको छैटौं मिनेटमै रउल जिमिनेजको गोलमा अग्रता बनाएको वुल्भ्सका दोस्रो गोल १८ औं मिनेटमा लेएन्डर डेन्डोनकरले गोल गरेका थिए। त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा खेल २-० ले वुल्भ्सले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति भएका प्रिमियर लिगका अन्य खेलमा न्यु क्यासलले एस्टोन भिल्लालाई १-० गोलअन्तरले हराउँदा लेस्टर सिटी र वेस्टहम २-२ को बराबरीमा रोकिएका छन्।

गएरातिको खेलसँगै लिभरपुल २४ खेलबाट ५४ अंक जोडेको अंकतालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानको म्यानचेस्टर सिटीले २५ खेलबाट ६३ अंक जोडेको छ। त्यस्तै टोटेनहमलाई हराएको वुल्भ्स ३७ अंक जोड्दै सातौ स्थानमा उक्लिँदा लगातार तीन खेलमा पराजय ब्यहोरेको टोटेनहम ३६ अंक जोडेर आठौं स्थानमा छ। त्यस्तै २१ अंक जोड्दै न्युक्यासल रेलिगेशन क्षेत्रभन्दा एकस्थान माथि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell