PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बराबरीमा रोकियो बार्सिलोना



पहिलोपोस्ट

बराबरीमा रोकियो बार्सिलोना
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना स्पानोयलसँग बराबरीमा रोकिएको छ। कोर्नेला एल प्रात स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली टोली स्पानोयलसँग बार्सिलोनाले बराबरी खेलेको हो।

खेलको दोस्रो मिनेटमै जोर्डी अल्बाको पासमा गोल गर्दै पेड्रीले बार्सलोनालाई अग्रता दिलाएका थिए। यद्यपि घरेलु टोलीका सर्जी डारडेरले ४० औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफ बराबरीमा रोकियो।

तनावपूर्ण बनेको दोस्रो हाफमा स्पानोयलले अग्रता बनायो। खेलको ६० औं मिनेटमा रउल डी टोमसले गोल गरेपछि पछि परेको बार्सिलोना दवाबमा आयो। बल पोजिसनका हिसाबले बार्सिलोना अघि रहे पनि त्यसअनुसारको आक्रमणको अवसर बनाउन सकेन। इन्ज्युरी समयमा पुगेर सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका लुक डी जोङले गोल गर्नुअघि केही समय तनावपूर्ण बन्यो। जसमा स्पानोयलका निको मेलामेड र बार्सिलोनाका जेराड पिकेले रेडकार्ड ब्यहोरे। त्यस्तै डीजोङको गोलपछि रेफ्रीसँग विवाद गरेपछि मनु मोरलेन्सले रेडकार्ड ब्यहोरे।

जितसँगै बार्सिलोना २३ खेलबाट ३९ अंक जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ। त्यस्तै गएराति नै सम्पन्न अन्य खेलहरुमा अलाभेसले भ्यालेन्सियालाई २-१ गोलअन्तरले हराउँदा रियल बेटिसले लेभान्टेलाई ४-२ गोलअन्तरले हरायो। त्यस्तै ग्रानडा रियल सोसिडानसँग २-० ले पराजित भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell