PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रधानन्यायाधीश महाभियोगमाथि निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै



पहिलोपोस्ट

प्रधानन्यायाधीश महाभियोगमाथि निर्णय लिन एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका दलले आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि यसबारे निर्णय लिन नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने बैठकमा संसद्मा पार्टीले खेल्ने भूमिका र महाभियोग प्रतिवादका विषयमा निर्णय हुने बताइएको छ।

गठबन्धनका ९८ सांसदले संसद् सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। आइतबारै बसेको एमाले सचिवालय बैठकले महाभियोग अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको थियो। आसन्न स्थानीय निर्वाचनलाई पर सार्ने योजनाले महाअभियोग प्रस्ताव आएको एमालेको भनाइ छ।

महाअभियोग प्रस्ताव दर्तापछि प्रधानन्यायाधीश पदबाट स्वत: निलम्बित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell