PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

टी २० सिरिज: आयरल्याण्ड र नेपाल भिड्दै, तेस्रो खेलमा दोस्रो जितको खोजी



पहिलोपोस्ट

टी २० सिरिज: आयरल्याण्ड र नेपाल भिड्दै, तेस्रो खेलमा दोस्रो जितको खोजी

काठमाडौं: चारदेश सम्मिलित टी २० सिरिजमा आज नेपाल र आयरल्याण्ड भिड्दैछन्। ओमनस्थित अलअमेरत क्रिकेट मैदानमा आज दिउँसो पौने ४ बजे नेपाल र आयरल्याण्ड आमनेसामने हुनेछन्। विश्वकपको ग्लोबल क्वालिफायर्सका रुपमा हेरिएको यो सिरिजमा नेपाल, आयरल्याण्ड, ओमन र यूएई सहभागी छन्।

सिरिजमा नेपालले २ खेल खेलको छ।  जसमा पहिलो खेलमा ओमनलाई ६ विकेटले हराएको थियो भने यूएईसँग २५ रनको हार ब्यहोरेको थियो। त्यस्तै आयरल्याण्डले पनि दुई खेल खेल्दा ओमनलाई ९ विकेटले हराएको थियो भने यूएईसँग १३ रनले पराजय ब्यहोरेको थियो।

नेपालले यसअघि सन् २०१९ मा आयरल्याण्डसँग ओमन पेन्टाङ्गुलर सिरिजमा खेलको थियो। जसमा आयरल्याण्डले १३ रनको जित निकालेको थियो। त्यसअघि सन् २०१५ मा ८ विकेटले हार ब्यहोरेको थियो। त्यसबेला नेपालले दिएको ५४ रनको लक्ष्य आयरल्याण्डले ७२ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गरेको थियो।

आजै हुने सिरिजको अर्को खेलमा ओमन र यूएई पौने १२ बजेबाट प्रतिस्पर्धा गर्नेछन्। यो सिरिजपछि विश्वकपको ग्लोबल क्वालिफायर्स सुरु हुनेछ। आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १८ देखि २४ सम्म रहेको आईसीसीले जनाएको छ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।

नेपालले फेब्रुअरी १८ मा ओमनसँग, १९ मा फिलिपिन्ससँग र २१ मा क्यानडासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell