
युक्रेनले रसियासँग ४८ घण्टाभित्र बढ्दो तनावलाई लिएर वार्ताका लागि आह्वान गरेको छ। युक्रेनले रसियासँगै अर्गनाइजेशन अफर सेक्युरिटी एन्ड कर्पोरेशन इन युरोप ‘ओएससीई’लाई वार्ताका लागि अपिल गरेको हो।
युक्रेनले रसियालाई आफ्नो सीमामा सेना तैनाथ गर्नुको कारण पनि सोधेको थियो। तर, रसियाले उक्त आग्रह अस्वीकार गरेको युक्रेनी विदेशमन्त्री डिमिट्रो कुलेबाले बताए। रसियाले उक्त प्रस्ताव अस्वीकार गरेपछि ‘अर्को कदम’ का रुपमा बैठकका लागि आह्वान गरिएको उनले बताए। डिमिट्रोले सीमामा सैन्य तैनाथीलाई लिएर आफूहरुले रसियाको ‘पारदर्शी’ उत्तर खोजेको बताएका छन्।
युक्रेनले भियना सम्झौतालाई आधार बनाएर रसियालाई वार्ताका लागि बोलाएको हो। उक्त सम्झौता रसिया संलग्न संस्था 'ओएससीई'ले स्वीकार गरेको छ।
अमेरिका लगायतका देशले युक्रेनमाथि रसियाले कुनै पनि समय आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएको छ। अमेरिकासहित कयौं युरोपेली राष्ट्रले युक्रेनमा रहेका आफ्ना नागरिकलाई फिर्ता आउन भनिसकेको छ। रसियाले भने युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ।