PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

'म यस्तो गीत गाउँछु २' जुध्न आएपछि एकसाता पछि सर्‍यो 'लप्पन छप्पन २' को रिलिज डेट



पहिलोपोस्ट

'म यस्तो गीत गाउँछु २' जुध्न आएपछि एकसाता पछि सर्‍यो 'लप्पन छप्पन २' को रिलिज डेट

काठमाडौं : फिल्म 'लप्पन छप्पन २' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म अब फागुन २० गते रिलिज हुने पक्का भएको हो।

यसअघि यो फिल्म फागुन १३ गते रिलिज हुने तय भएको थियो। तर, सोही मितिमा 'म यस्तो गीत गाउँछु २' जुध्न आएपछि यो फिल्म एकसातापछि सरेको हो।

निर्देशक मुकुन्द भट्टले सामाजिक संजालमा फिल्मको पोस्टर सेयर गदै नयाँ मितिबारे जानकारी दिएका हुन्। दुई वर्ष अघि नै यो फिल्म रिलिज हुने भनिएता पनि कोरोना भाइरस महामारीका कारण रिलिज हुन सकेको थिएन।

फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुप बिक्रम शाही, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन्। 'लप्पन छप्पन२' नेपाली भाषासँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चानियाँ गरी ६ भाषामा रिलिज हुने समेत बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell