PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कायममुकायम प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको बैठक



पहिलोपोस्ट

कायममुकायम प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको बैठक

काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक बोलाएका छन्।

आइतवार सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता गरेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले  न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न उनले न्यायाधीशहरुको बैठक आह्वान गरेका हुन्।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गर्नुभएको जानकारी दिए।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जबराले न्यायालयमा बढेको बेथिति समाधान गर्न निकास नदिएको भन्दै महाभियोग लगाएको बताएको छ।

महाभियोग दर्तासँगै जबरा प्रधानन्यायाधीशबाट निलम्बित भएपछि हाल सर्वोच्चमा १९ न्यायाधीश छन्। प्रतिनिधसभाबाट महाभियोग प्रक्रियको टुंगो नलागेसम्म जबराले प्रधानन्यायाधीशको रुपमा कुनै काम गर्न पाउनेछैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell