PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'भ्यालेन्टाइन' देखाउने भन्दै अनमोलको प्रयांक, राखे 'कोको मोन्सटर'सँगको भिडियो



पहिलोपोस्ट

'भ्यालेन्टाइन' देखाउने भन्दै अनमोलको प्रयांक, राखे 'कोको मोन्सटर'सँगको भिडियो

काठमाडौं: गत शुक्रवार फिल्म 'ए मेरो हजुर ४' को 'फूलको थुंगा' बोलको शीर्ष गीत सार्वजनिक भयो। गीत सार्वजनिक कार्यक्रममा अभिनेता अनमोल केसीले एक बाचा गरे। उनले 'प्रमिस डे' को दिन ‘भ्यालेन्टाइन्स डे’ को दिन इन्स्टाग्राम स्टोरीमा आफ्नो भ्यालेन्टाइन सार्वजनिक गर्ने बताए।

बाचा अनुसार अनमोलले आज बिहान एक स्टोरी हाले। तर, प्रयांक गर्दै।

उनले बिहान १० बजे भ्यालेन्टाइन सार्वजनिक गर्ने लेख्दै फ्यानहरुलाई उत्साहित बनाए। अन्तत: उनले इन्स्टाग्राममा एक भिडियो पनि हाले। जसमा लेखिएको थियो 'माई भ्यालेन्टाइन एण्ड द लब अफ माई लाइफ'। तर भिडियोमा अनमोलले आफ्नो कुकुरलाई किस गरेर माया गरिरहेको देख्न सकिन्छ। अनमोलको कुकुरको नाम 'कोको मोनस्टर' हो। अनमोलले आफ्नो कुकरको तस्विर राख्न छुट्टै इस्टाग्राम अकाउन्ट समेत खोलेका छन्।

'कोको'सँगको भिडियो हालेपछि उनले स्टोरीमा अर्को भिडियो हाले र आफूले 'प्रयांक' गरेको बताए। अनमोलले आफूले 'प्रयांक' गरेको भन्दै दर्शकलाई माफी समेत मागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell