PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज



पहिलोपोस्ट

शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
तस्विर : गिरिश गिरी

काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। माघ २५ गते स्वास्थ्यमा समस्या आएपछि १०२ वर्षीय जोशीलाई ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो।

परीक्षणका क्रममा उनलाई निमोनिया संक्रमणका साथै मुटुको समस्या देखिएको थियो। उनको फोक्सोमा पानी जमेको अवस्थामा प्लुरल ट्यापिङ समेत गरिएको थियो। जोशीमा प्रोस्टेटको समस्या समेत भएको कारण युरिन इन्फेक्सन समेत देखिएको थियो। अस्पतालका चिकित्सकहरुको निगरानीमा विगत ७ दिनदेखि उनको उपचार भइरहेको थियो। उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पतालले जनाएको थियो।

स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई आज डिस्चार्ज गरिएको छ।

डिस्चार्ज हुनुअघि जोशीलाई भेट्न ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन अस्पताल पुगेका थिए। महर्जन र अस्पतालका निर्देशक प्राध्यापक डाक्टर सुरज बज्राचार्यले डिस्चार्ज हुँदा जोशीलाई अस्पतालबाट विदाइ गरेको पत्रकार गिरिश गिरीले जनाएका छन्। पत्रकार गिरीले जोशीमाथ किताब लेखेका छन् जुन छिट्टै सार्वजनिक हुने तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell