PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमाले सांसदहरुले चोलेन्द्र र एमसीसी बोकेर चुनावमा नजाऔं भनेपछि ओलीले भने : नेतृत्वले सुझबुझका साथ निर्णय लिन्छ



पहिलोपोस्ट

एमाले सांसदहरुले चोलेन्द्र र एमसीसी बोकेर चुनावमा नजाऔं भनेपछि ओलीले भने : नेतृत्वले सुझबुझका साथ निर्णय लिन्छ

काठमाडौं : नेकपा एमालेलेको संसदीय दलको बैठक अहिले संसद भवन नयाँ बानेश्वरमा जारी छ। सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएपछि एमालेले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ। तर, कसरी अघि बढ्ने भन्ने बारेमा आजको बैठकले निर्णय गर्ने बताइएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जबरालाई लगाइएको महाअभियोग, स्थानीय तहको निर्वाचन र संसद अवरोधको विषयमा सुझाव राख्‍न सांसदहरुलाई आग्रह गरेका थिए।

ओलीले भने सबैसँग सुझाव लिने र निर्णय नेतृत्वले सुझपूर्ण तरिकाले गर्ने सांसदहरुलाई बताएका थिए।

‘समसामयिक विषयमा नेतृत्वले सुझबुझपूर्ण रुपमा निर्णय लिन्छ। तपाईंहरु आआफ्नो सुझाव दिनुस्,’ ओलीले सांसदहरुले भनेका थिए।

करिब एक दर्जन सांसदहरुले ओलीलाई दुई विषयलाई लिएर स्थानीय तहको निर्वाचनमा नजान सुझाव दिएका छन्। यसरी सुझाव दिनेमा घनश्याम भुसाल सहितका नेताहरु हुन्।

‘महाभियोग र एमसीसी बोकेर चुनावमा नजाउँ भनेर हामीले सुझाव दिएका छौं। अरुको पनि यस्तै सुझाव आएको छ,’ भुसालले बैठक बाहिर पत्रकारसँग भने।

आज बोल्न चाहने सबैलाई समय उपलब्ध गराइएको छ। बैठकमा सांसदहरु बोल्ने क्रम जारी छ।

सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीशविरुद्ध महाभियोग लगाएपछि आइतवार राति एमालेको सचिवालय बैठक बसेको थियो। उक्त बैठकले ‘छापामार’ शैलीमा आएको महाभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell