PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमालेको बहिस्कारकै बिच सुरु भयो सभामुख सापकोटाले डाकेको सर्वदलीय बैठक    



पहिलोपोस्ट

एमालेको बहिस्कारकै बिच सुरु भयो सभामुख सापकोटाले डाकेको सर्वदलीय बैठक    
फोटो : सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने

काठमाडौँ : पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले डाकेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। 

प्रमुखप्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ। त्यसको साटो एमालेको संसदीय दलको बैठक सिंहदरबारमै जारी छ। 

हिजो संसदमा दर्ता भएको प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महअभियोग लगायतका विषयलाई लिएर सभामुख सापकोटाले बैठक डाकेका हुन्। जारी संसद फागुन ४ गते बस्दैछ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell