PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

चार न्यायाधीशविरुद्ध महाभियोग सन्दर्भ : एमाले सांसदले ओलीलाई नै निर्णय गर्न दिए जिम्मेवारी



पहिलोपोस्ट

चार न्यायाधीशविरुद्ध महाभियोग सन्दर्भ : एमाले सांसदले ओलीलाई नै निर्णय गर्न दिए जिम्मेवारी

काठमाडौं : नेकपा एमालेलेको संसदीय दलको बैठक सकिएको छ। संसद भवन नयाँ बानेश्वरमा भएको बैठकमा सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएपछिको परिस्थिति बारे छलफल भएको थियो।

यस्तै, बैठकमा चार न्यायाधीशलाई पनि महाभियोग लगाउने प्रसंग उठेको थियो। जसका लागि हस्ताक्षर समेत संकलन गरिएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। तर, बैठकमा बोल्ने सांसदहरुले त्यसरी महाभियोगमा जान नहुने तर्क राखेका थिए। 

भट्टराईले अहिले नै न्यायाधीशहरुलाई महाभियोग नलगाइने भन्दै बैठकमा समसामयिक विषयमा सुझबुझपूर्ण रुपमा निर्णय लिन अध्यक्षलाई जिम्मेवारी दिइएको बताए।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जबरालाई लगाइएको महाअभियोग, स्थानीय तहको निर्वाचन र संसद अवरोधको विषयमा सुझाव राख्न सांसदहरुलाई आग्रह गरेका थिए। करिब एक दर्जन सांसदहरुले ओलीलाई दुई विषयलाई लिएर स्थानीय तहको निर्वाचनमा नजान नेतृत्वलाई सुझाव दिएका छन्।

ओलीले भने सबैलाई सुझाव दिन र निर्णय भने नेतृत्वले सुझपूर्ण तरिकाले गर्ने सांसदहरुलाई बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell