PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अजय देवगनको वेब सिरिज 'रुद्र' मार्चमा रिलिज हुने



पहिलोपोस्ट

अजय देवगनको वेब सिरिज 'रुद्र' मार्चमा रिलिज हुने

वेब सिरिज 'रुद्र: द एज अफ डार्कनेस' को रिलिज मिति तय भएको छ। अजय देवगनको डेब्यु वेब सिरिज आगामी मार्च ४ मा प्रदर्शन हुने पक्का भएको हो।

डिज्नी प्लस हटस्टारले ट्रेलरसहित नयाँ रिलिज मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएको हो। 

सिरिजमा अजय प्रहरीको भूमिकामा देखिनेछन्। सिरिजमा अजयको नाम रुद्रवीर सिंह हुनेछ। अजयका साथै इशा देवल, राशी खन्ना, अतुल कुलकर्णी, अश्विनी कालसेकर, मिलिन्द गुणाजी र लुक केनी लगायतका कलाकारहरुको अभिनय सिरिजमा रहनेछ।

यो सिरिज बेलायती सिरिज लुथर को हिन्दी रिमेक हो। ६ भागमा आउने यो सिरिज समीर नायरले निर्माण गरेका हुन्। यही वर्ष सार्वजनिक हुने रुद्रः द एज अफ डार्कनेसको यो पहिलो सिजन हुनेछ।

राजेश मापुस्कर निर्देशित सिरिज हिन्दीका लगायत तमिल, तेलुगु, कन्नड, मलायम र बंगाली भाषामा समेत रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell