
काठमाडौं : पछिल्लो २४ घन्टामा ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार ६९६ जनाको कोरोना परीक्षण गर्दा ७४७ जनामा संक्रमण देखिएको हो। आरटी-पीसीआर परीक्षणबाट ४८२ जना र एन्टीजेन परिक्षणबाट २६५ जनामा संक्रमण पुष्टि भएको हो। परीक्षण गरिएका ८.५ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो।
त्यसैगरि २ हजार ३१९ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २० हजार ७३९ पुगेको छ। संक्रमणका कारण थप ८ जनाले ज्यान गुमाएका छन्। हालसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९०० पुगेको छ।
त्यसैगरि, स्वास्थ्य मन्त्रालयको तथ्याङअनुसार पछिल्लो २४ घन्टामा २ लाख ६ हजार ११८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।