PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

दीपेन्द्रले लिए चार विकेट, आयरल्याण्डले नेपाललाई दियो १ सय २८ रनको लक्ष्य



पहिलोपोस्ट

दीपेन्द्रले लिए चार विकेट, आयरल्याण्डले नेपाललाई दियो १ सय २८ रनको लक्ष्य
फाइल फोटो

काठमाडौं : चार देश सम्मिलित टी २० सिरिज अन्तर्गत आज जारी खेलमा आयरल्याण्डले नेपाललाई १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल, यूएई, ओमन र आयरल्याण्ड सम्मिलित सिरिजको अन्तिम खेलमा पनि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदा नेपालले आयरल्याण्डलाई निर्धारित ओभरमा १ सय २७ रनमा समेटेको हो।

ओमनस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको आयरल्याण्डको ब्याटिङ जम्‍न सकेन। जर्ज डकरेलले सर्वाधिक २८ रन बनाउँदा कर्टिस क्याम्फेरले २० रन बनाए। त्यस्तै कप्तान एण्डी बेलबिर्निइले १९ रन, लोर्कन टुकरले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

आयरल्याण्डलाई ठूलो लक्ष्य बनाउन रोक्न दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिँदै महत्वपूर्ण ४ विकेट लिँदा अभिनास बोहोराले २ विकेट लिए। त्यस्तै कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले समान १/१ विकेट लिए।

विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीको रुपमा हेरिएको सिरिजको पहिलो खेलमा नेपालले ओमनलाई हराएको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो। नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell