PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनको बावजुत ब्याटिङ नचल्दा नेपाल आयरल्याडसँग पराजित



पहिलोपोस्ट

दीपेन्द्रको उत्कृष्ट प्रदर्शनको बावजुत ब्याटिङ नचल्दा नेपाल आयरल्याडसँग पराजित

काठमाडौं: चार देश सम्मिलित २० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा आयरल्याण्डले नेपाललाई हराएको छ। नेपाल, यूएई, ओमन र आयरल्याण्ड सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १७ रनले पराजित भएको हो।

ओमनस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको आयरल्याण्ड निर्धारित २० ओभरमा १२७ रनमा समेटिएको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालको मध्यक्रम सम्हालिन नसक्दा पराजय ब्यहोर्न पुग्यो।

सुरुवाती ब्याटिङ गरेको आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रन बनाउँदा कर्टिस क्याम्फेरले २० रन बनाए। त्यस्तै कप्तान एण्डी बेलबिर्निइले १९ रन, लोर्कन टुकरले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

आयरल्याण्डलाई ठूलो लक्ष्य बनाउन रोक्न दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिँदै महत्वपूर्ण ४ विकेट लिँदा अभिनास बोहोराले २ विकेट लिए। त्यस्तै कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनायो।

नेपालका लागि ओपनिङ ब्याटिङ राम्रै चले पनि मध्यक्रममा ब्याट्सम्यान चल्न सकेनन्। ओपनर आशिफ शेखले २३ र कुशल भुर्तेलले १५ रन बनाउँदा त्यसपछि आएका लोकेश बम ६ रनमै पभेलियन फर्किए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन बनाउँदा कमलसिंह ऐरीले १३ रन बनाए। त्यसबाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ आयरल्याण्डका मार्क अडेइर, सिमी सिंह, बेरी म्याककार्थी र एन्डी म्याकब्रिनले समान २ विकेट लिँदा कर्टिस क्याम्पेरले १ विकेट लिए।

विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीको रुपमा हेरिएको सिरिजको पहिलो खेलमा नेपालले ओमनलाई हराएको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell