बुटवलः रूपन्देहीका दुई गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन्।
सोमबार ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन्।
उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन्।
केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। त्यस्तै यादव जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन्।
ओमसतियाको सिंगो माओवादी कमिटीका एक हजार २०० कार्यकर्ता एमालेमा प्रवेश गरेको रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले दाबी गरे।