PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ए डिभिजन लिगमा आज दुई खेल, रेलिगेशनको जोखिममा रहेका चार टिमको परीक्षा



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल, रेलिगेशनको जोखिममा रहेका चार टिमको परीक्षा
लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब (सेतो जर्सी) भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट एघारौं चरणका दुई खेल हुँदैछन्। जसअन्तर्गत दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे खेल हुनेछन्। आज हुने खेलमा अंकतालिकाका पुछारका चार टोलीबीच खेल छ। अर्थात रेलिगेसन क्षेत्रबाट को बाहिर निस्कने? भन्नेमा आजको खेलले ठूलो अर्थ राख्छ।

एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब भिड्नेछन्। जावलाखेल ९ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ भने फ्रेन्ड्स क्लब ६ अंक जोडेर १२ औं स्थानमा छ। लिगका सुरुवाती चरणहरुमा जित निकाल्न संघर्ष गरेको जावलाखेलले लिगको मध्यतिरबाट पुनरामन गर्दै रेलिगेशनको रेडजोनबाट आफूलाई माथि उठाएको थियो। अर्कोतर्फ फ्रेन्ड्स क्लबले त १० औं चरणमा मात्र आइपुग्दा ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै पहिलो जित निकालेको थियो। रेलिगेशनको जोखिमबाट माथि उठ्न दुबै टोलीलाई जितको अवश्यकता छ।

त्यस्तै दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लब भिड्नेछन्। यी दुई टोली लिगको रेलिगेसनको रेड जोनमा रहेका टिम हुन्। ब्रिगेडले १० खेलबाट १ जित, ३ बराबरी र ६ पराजय ब्यहोर्दै तालिकाको १३ औं स्थानमा छ भने च्यासलले १० खेलमा १ जित, २ बराबरी र ७ पराजय ब्यहोर्दै ५ अंक जोडेर तालिकाको पुछारमा छ। रेलिगेशन क्षेत्रबाट निस्कने दुबै टोलीका लागि आजको खेलमा महत्वपूर्ण हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell