PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

'युरेनियम' कारोबार आशंकामा बौद्धबाट समातिए ६ जना, ल्याबमा परीक्षण गरिने



सविन ढकाल

'युरेनियम' कारोबार आशंकामा बौद्धबाट समातिए ६ जना, ल्याबमा परीक्षण गरिने
प्रहरीले बरामद गरेको युरेनियम (फाइल तस्बिर)

काठमाडौं : प्रतिबन्धित पदार्थ युरेनियमको कारोबार गरेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले सोमबार राति हायात होटेलबाट गोपीलाल दास, रामकृष्ण लामिछाने, नवराज महत, नारायण यादव, सुरेन्द्रप्रसाद चौधरी र रामकृष्ण लामिछानेलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको अनुसार अन्दाजी तीन केजी बराबरको युरेनियमसमेत बरामद गरिएको छ। प्रहरीले बरामद गरेको पदार्थ युरेनियम हो वा होइन भन्ने परीक्षणका लागि ल्याबमा पठाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले युरेनियमको कारोबार गरेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे।

यसअघि २०७७ फागुनमा प्रहरीले बौद्धबाटै चार जनालाई युरेनियमको कारोबार गरेको भन्दै पक्राउ गरेको थियो।

युरेनियम प्राकृतिक पदार्थ हो। युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। यो पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यसलाई सबैभन्दा मूल्यवान् धातुका रुपमा लिइन्छ। दोस्रो विश्वयुद्धमा जापानमा हानिएको पारमाणु बममा यो धातुको प्रयोग भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell