पहिलोपोस्ट
15th February 2022, 11:18 am | ३ फागुन २०७८
FILE PHOTO
काठमाडौं : चार दिनदेखि बन्द नेपाल-भारत सीमा आजदेखि खुलेको छ।
भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो। निर्वाचन सकिए लगत्तै नाका खुला गरिएको हो।
बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा निर्वाचनको समयमा नाका बन्द गरिँदै आइएको छ।