PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

केन्द्रीय बैंकको सम्पत्ति 'फ्रिज' गरेपछि अफगानिस्तानमा अमेरिका विरुद्ध प्रदर्शन



पहिलोपोस्ट

केन्द्रीय बैंकको सम्पत्ति 'फ्रिज' गरेपछि अफगानिस्तानमा अमेरिका विरुद्ध प्रदर्शन
फोटो: टोलो न्यूज

अफगानिस्तानको राजधानी काबुलमा अमेरिका विरुद्ध प्रदर्शन भएको छ। त्यहाँको स्थानीय समाचार संस्था टोलो न्यूजका अनुसार अफगानिस्तानको केन्द्रीय बैंकको सम्पत्ति फ्रिज गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको निर्णयको विरोधमा स्थानीयले अमेरिका विरुद्ध प्रदर्शन गरेका हुन्। 

शुक्रवार अमेरिकी राष्ट्रपति बाइडेनले कार्यकारी निर्देशनमा हस्ताक्षर गर्दै अफगान केन्द्रीय बैंकको अमेरिकामा रहेको सबै सम्पत्ती रोक्का गर्दै फेडरल रिजर्फ बैंक अफ न्यूयोर्कमा हस्तान्तरण गर्न निर्देशन दिएका थिए। 

अमेरिकाले तालिवान माथि आर्थिक नाकाबन्दी लगाउनका लागि अफगानी सम्पत्ति नियन्त्रण लिएको हो। 

अफगानिस्तानमा तालिवानले नियन्त्रण लिएसँगै त्यहाँ रहेको ७ बिलियन डलर बराबरको सम्पत्ति रोक्का गरेको थियो। जसमध्ये  ३.५ बिलियन डलर मानवीय सहायताका लागि प्रयोग गर्न र बाँकी रहेको सम्पत्ती सेप्टेम्वर ११ २००१ को आक्रमणका पीडित परिवारलाई सहयोग गर्न प्रदान गर्ने निर्णय गरेका हुन्। 

काबुलमा भएको प्रदर्शनमा स्थानीयले बाइडेन विरुद्ध नारावाजी गर्दै अफगानिस्तानको सम्पत्ती ९/११ घटनाका पीडितलाई दिन नहुने र त्यसमा अफगानी नागरिकको अधिकार रहेको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell