PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

अन्जुले श्रीमानलाई भनिन् : अब छोडेर जाने कुरा नगर



पहिलोपोस्ट

अन्जुले श्रीमानलाई भनिन् : अब छोडेर जाने कुरा नगर

काठमाडौं: गायिका अन्जु पन्तको 'अब छोडेर जाने कुरा नगर ' बोलको गीत सार्वजनिक भएको छ। यस गीतलाई अन्जु पन्तको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गोविन्द हुमागाईको शब्द र कर्मा ग्यालचेन बोमजनको संगीत रहेको गीतमा अन्जु पन्तको स्वर सुन्न सकिन्छ।

गीतको भिडियोमा अन्जु पन्त र उनका श्रीमान थीर कोइरालाको अभिनय देख्न सकिन्छ। अन्जुले थीर जीवनमा आएपछि फर्किएको खुसी र उनको आवश्यकता गीत मार्फत व्यक्त गरेकी छिन्।

लक्ष्मण दियालीको निर्देशन, परिकल्पना र सम्पादन रहेको भिडियोलाई नरेन्द्र लोहनीले खिचेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell