PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

अश्लिल बोलीले भाइरल बनेका प्रेम आले के गर्छन्? नैतिकता देखाउँदै राजीनामा कि जोगिने विकल्प?



पहिलोपोस्ट

अश्लिल बोलीले भाइरल बनेका प्रेम आले के गर्छन्? नैतिकता देखाउँदै राजीनामा कि जोगिने विकल्प?

काठमाडौंः आज बिहानैदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। भाइरल हुनुका दुई कारण छन् - भिडियोमा प्रयोग भएको अति अश्लिल शब्द र मन्त्री प्रेम आले।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र जगत ओलीबिचको संवाद अंश अपाच्य छ। दुई मिनेट २५ सेकेन्डको भिडियो सामाजिक सञ्जाल र पर्सनल च्याट बक्समा ट्रान्सफर भइरहेको छ। भिडियो भाइरल भएसँगै मन्त्री आलेको नैतिकतामाथि पुन: प्रश्न उठ्न थालेको छ। यो समाचार तयार पार्दासम्म ओलीको फेसबुकबाट मात्र १ हजार ३ सयभन्दा धेरैले भिडियो शेयर गरेका छन्।

भिडियो भाइरल भएपछि  मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले बचाउ गरिरहेको छ। सार्वजनिक पदमा नहुँदाका भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरेको सचिवालयको दावी छ।

मन्त्रीको छविमा आँच आउने काम गरेको भन्दै दोषीमाथि कडा कारबाही गरिने स्वकीय सचिव हेमन्त रेग्मीले बताए। रेग्मीले यसो भनिरहँदा भिडियो सार्वजनिक गर्ने युवकले फेसबुक पोस्ट गरेका छन् - सोमवार राति कुराकानी भएको भन्दै।

मन्त्री आले र युवकबिच पहिले देखि नै कुराकानी हुने गरेको देखिएको छ।

हेमन्त रेग्मीका अनुसार मन्त्री आलेमाथि ओलीले निरन्तर रूपमा ब्ल्याकमेल गर्ने, उत्तेजित बनाउने र तिनै विषय सामाजिक सञ्जालमा राख्दै आएका छन्। सुदूरपश्चिमको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगतले धम्क्याउने गरेको रेग्मीको दावी छ। त्यसो हो भने किन उनीविरुद्ध कदम चालिएन त?

'यो योजनावद्ध रुपमा भएको घटना हो। हामीले सबै प्रमाण जुटाएका छौं। साइवर अपराधमा जाने भन्ने हाम्रो तयारी छ। मन्त्रीज्यूले पनि साइरबर सेलमा जानुपर्छ भन्नुभएको छ,' स्वकीय रेग्मीले भने।

सोसल मिडियामा मन्त्री प्रेम आले भाइरल भइरहँदा उनी भने निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको निरीक्षणमा निस्किएका छन्। उनीसँगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता तथा सांसद पनि छन्।

यता भिडियो भाइरल भए पनि अहिलेसम्म प्रहरीमा कुनै जानकारी नआएको नेपाल प्रहरीका प्रवक्ता विष्णुबहादुर केसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell