PahiloPost

Jun 24, 2026 | १० असार २०८३

‘प्रेमगञ्ज’ मा मैना बनिन् बेनिशा हमाल



पहिलोपोस्ट

‘प्रेमगञ्ज’ मा मैना बनिन् बेनिशा हमाल

काठमाडौं : फिल्म ‘प्रेमगञ्ज’ को 'क्यारेक्टर लुक' पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री बेनिशा हमाल बोल्ड अवतारमा देखिएकी छिन्।

फिल्ममा बेनिशा ‘मैना’ को चरित्रमा रहेको पोस्टरमार्फत् जानकारी दिइएको छ। प्रेमकथामा निर्माण भएको यस फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ।

फिल्मको छायाङ्कन सकिएको र अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक सेनले जानकारी दिए। आगामी जेठमा फिल्म प्रदर्शन गर्ने  तयारी रहेको समेत उनको भनाई छ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। फिल्ममा बेनिशाका साथै तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell