PahiloPost

Jun 24, 2026 | १० असार २०८३

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट



पहिलोपोस्ट

विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : विधान विपरित कांग्रेस केन्द्रीय सदस्य बनेको भन्दै विनोद चौधरीविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। कांग्रेस नेता डा सुवासचन्द्र यादवले चौधरीविरुद्ध रिट दायर गरेका हुन्।

यसअघि यादवले कांग्रेस निर्वाचन समितिमा चौधरीको पद खारेजी माग गर्न माग गर्दै निवेदन दिएका थिए। समितिले चौधरीकै पक्ष लिएपछि यादव सर्वोच्च पुगेका हुन्।

'कांग्रेस निर्वाचन समितिले सुनुवाइ नगरेपछि सर्वोच्चमा रिट दायर गरेको हुँ,'यादवले भने। उनले चौधरी, निर्वाचन समिति, निर्वाचन आयोग र पार्टीलाई विपक्षी बनाइ रिट हालेका हुन्।

चौधरी १४ औं अधिवेशनबाट मधेशी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell