PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

युवा संघले सडकमै चलायो ‘प्रतिनिधिसभा’, सभामुख सापकोटा पक्षपाती भएको भन्दै व्यङ्ग्य

युवा संघले सडकमै चलायो ‘प्रतिनिधिसभा’, सभामुख सापकोटा पक्षपाती भएको भन्दै व्यङ्ग्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले बानेश्वरमा सभामुख अग्नि सापकोटाको विरोधमा प्रदर्शन गरेको छ।

सभामुखले संसदमा पक्षपाती दंगले काम गरेको भन्दै युवा संघले एभरेष्ट होटल अगाडिको सडकमै प्रतिनिधिसभाको झल्को दिने गरि विरोध कार्यक्रम आयोजना गरेको हो।

सापकोटाले सभामुखको रुपमा भन्दा नेकपा माओवादी केन्द्र पार्टीको कार्यकर्ताको रुपमा संसदमा भूमिका निभाएको संघको आरोप छ। संघले सापकोटाले संसदमा ‘पक्षपाती’ भएको झल्को दिने गरि नाटक मञ्‍चन गरेको थियो।

एमालेले १४ सांसदहरुलाई कारवाही गरेको तर सभामुखले कारवाही प्रक्रिया अघि नबढाएको भन्दै प्रमुख प्रतिपक्षीले संसद अवरुद्ध गर्दै आएको छ। यस्तै, सभामुखले मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’लाई संसदमा प्रस्तुत गर्न पनि पक्षपाती रुपमा काम गरेको आरोप लाग्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell