PahiloPost

Jun 24, 2026 | १० असार २०८३

विश्वकप क्वालिफायर्सका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा



पहिलोपोस्ट

विश्वकप क्वालिफायर्सका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा
फाइल फोटो

काठमाडौं: टी २० विश्वकप क्वालिफायर्सका लागि नेपाली क्रिकेट टोलीको अन्तिम १४ खेलाडीको नामावली सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले चार देश सम्मिलित सिरिजमा खेलेका कुशल मल्ल, शाहब आलम र प्रदीप ऐरीलाई रिजर्बमा राख्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो।

यसअघि १७ सदस्यीय टोलीमा ओमन गएका करण केसीले चोटका कारण सिरिजमा प्रतिस्पर्धा गरेका थिएनन्। अझ क्वालिफायर्समा पनि सहभागि हुन नसक्ने भएपछि उनको स्थान गुलसन झा ले लिने भएका छन्।

यी हुन् छ विश्वकप छनोटमा खेल्ने अन्तिम १४ खेलाडी

सन्दीप लामिछाने (कप्तान)

शरद भेषवाकर

ज्ञानेन्द्र मल्ल

दीपेन्द्रसिंह ऐरी

कुशल भुर्तेल

मोहम्मद आरिफ शेख

मोहम्मद आशिफ शेख

अभिनास बोहोरा

जितेन्द्र कुमार मुखिया

कमलसिंह ऐरी

विवेक कुमार यादव

लोकेश बहादुर बम

सागर ढकाल

गुल्सन कुमार झा

रिजर्भ

कुशल मल्ल

शाहब आलम

प्रदीप ऐरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell