PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

पीएसजी भर्सेस रियल मड्रिड: मेस्सी पेनाल्टीमा चुके, एम्बाप्पेले गरे निर्णायक गोल



पहिलोपोस्ट

पीएसजी भर्सेस रियल मड्रिड: मेस्सी पेनाल्टीमा चुके, एम्बाप्पेले गरे निर्णायक गोल
Photo: UCL

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली पीएसजीले मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो।

खेलमा राम्रो पकड बनाएको पीएसजी फिनिसिङमा चुकेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो। रियल मड्रिडका ड्यानि काभार्जलले पीएसजीका किलियन एम्बाप्पेमाथि खराब ट्याकल गरेपछि ६२ औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पाएको थियो। तर, लियोनल मेस्सीको प्रहार रियल मड्रिडका गोलकिपर थिबउट कर्टिओसले बचाइदिए। पीएसजीको जितमा निर्णायक गोल किलियन एम्बाप्पेले गरे। एन्जेल डी मारियाको स्थानमा ७३ औं मिनेटमा मैदान प्रवेश गरेका नेइमारको पासमा एम्बाप्पेले इन्ज्युरी समयमा गोल गरे।

यी दुई टोलीबीच दोस्रो लेगको खेल मार्च १० मा सान्टिआगो बर्नेबेउमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell