यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनमाथि जित निकालेको छ। स्टेडियो जोशे अल्भालेड स्टेडियममामा सम्पन्न अन्तिम १६ को पहिलो लेगको खेलमा घरेलु टोलीमाथि सिटीले ५-० को फराकिलो जित निकालेको हो।
खेलको ७ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा रियाद महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै बर्नान्डो सिल्भाले १७ औं र ४२ औं मिनेटमा गोल गर्दा ३२ औं मिनेटमा फिल फोडेनले गोल गरेका थिए। पहिलो हाफमै चार गोलले अघि रहेको सिटीका लागि दोस्रो हाफमा रहीम स्ट्रलिङले गोल गरे। उनले खेलको ५८ औं मिनेटमा बर्नान्डो सिल्भाको पासमा गोल गर्दा सिटीले ५-० को सानदार जित निकालेको हो।
यी दुई टोलीबीचको दोस्रो खेलमा मार्च १० मा इतिहाद स्टेडियममा हुनेछ।