PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

म्यानचेस्टर युनाइटेडको जितमा रोनाल्डो र फर्नान्डेजको गोल



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडको जितमा रोनाल्डो र फर्नान्डेजको गोल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले ब्राइटोनमाथि २-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाए। उनले ५१ औं मिनेटमा स्कट म्याकटोमिनीको पासमा गोल गरे। लगत्तै खराब ट्याकल गरेका ब्राइटोनका लेविस डङ्क रेड कार्ड खाँदै बाहिरिए। त्यस्तै ब्रुनो फर्नान्डेजले इन्ज्युरी समयमा पउल पोग्बाको पासमा गोल थप्दा युनाइटेडले २-० को सहज जित निकालेको हो।

जितसँगै युनाइटेड वेस्ट हमलाई पछि पार्दै अंकतालिकाको शीर्ष चारमा प्रवेश गरेको छ। २५ खेल खेल्दा युनाइटेडले ४३ अंक जोडेको छ। शीर्ष तीनमा रहेका म्यानेचेस्टर सिट, लिभरपुल र चेल्सीको क्रमश ६३, ५४ र ४७ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell