
काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंबाट २१, ललितपुरबाट १२ र भक्तपुरबाट ३ जना आज बिहान समातिएका हुन्।
बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय कार्यालय रानीपोखरीका एसपी सन्तोषसिंह राठौरले बताए। 'ठुक्क भएर हिंड्दा हुन्छ। हामीले सुरक्षा अवस्था कडा बनाएका छौं,' उनले भने।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्।