PahiloPost

Jul 3, 2024 | २० असार २०८१

युक्रेनी सीमाबाट सेना फिर्ता गर्ने रुसको घोषणा, पुटिनले भने- 'हामीले युद्ध चाहेका छैनौं'



पहिलोपोस्ट

युक्रेनी सीमाबाट सेना फिर्ता गर्ने रुसको घोषणा, पुटिनले भने- 'हामीले युद्ध चाहेका छैनौं'

एजेन्सी : रुसले युक्रेनी सीमाबाट आफ्ना केही सेना फिर्ता गर्ने घोषणा गरेको छ। युक्रेनमाथि हमलाको धम्कीका बीच मंगलबार रुसको यस्तो भनाइ आएको हो।

तर, युक्रेनले भने रुसी सेनाले सीमा छाडेपछि मात्रै विश्वास गर्न सकिने जनाएको छ। युक्रेनी सीमामा रुसले करिब एक लाख सैना तैनाथ गरेको छ। उसले बेलारुससँग मिलेर संयुक्त सैन्य अभ्यास गरिरहेको छ। 

रुसको घोषणाले 'आशा जगाएको' नाटोले जनाएको छ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरुले युद्ध नचाहेको बताएका छन्। यसका लागि वार्ताको प्रस्ताव गरेको पनि उनको भनाइ छ। यद्यपि रुसको प्रस्तावमा कुनै ठोस जवाफ आएको छैन।

उनले मंगलबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट्दै अमेरिका र नाटोले उठाएका मुद्दामा अझै छलफल गर्न सकिने बताएका थिए। चान्सलर स्कोल्जले यो पुस्ताले युरोपमा युद्ध नचाहेको भन्दै सेना फिर्ता गर्न आग्रह गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell