PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रहरीले समात्यो झापाका प्रयाङ्कस्टार आकाश सेढाई



पहिलोपोस्ट

प्रहरीले समात्यो झापाका प्रयाङ्कस्टार आकाश सेढाई

काठमाडौः प्रहरीले एक प्रयाङ्कस्टारलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर व्युरोको टोलीले मंगलबार झापा विर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई नियन्त्रणमा लिएको हो। उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणालाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेकाले नियन्त्रणमा लिएको व्यूरोका एसएसपी नविन्द्र अर्यालले बताए।

केही दिन अघिमात्र गृह मन्त्रालयले यस्ता प्रयाङ्क भिडियो नबनाउन र बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो। पक्राउ परेका सेडाईले नेपाली प्रयाङ्कस्टार नामक युटुवमा भिडियो अपलोड गर्दै आएका थिए।

विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell