
बलिउड गायक एवम् संगीतकार बप्पी लहरीको निधन भएको छ। ६९ वर्षीय लहरीको मंगलवार राति ११ बजे मुम्बईको जुहूस्थित क्रिटी केयर अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेको छ। स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मंगलवार नै अस्पताल लगिएको थियो।
बलिउडका ‘डिस्को किङ्ग’ कहलिन लहरीले गीतसंगीतका साथै सुन लगाउने बानीका कारण पनि चर्चित थिए। उनीसँग करिब ४० लाखको गहना भएको बताइन्छ।
लहरीको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै बलिउडकर्मीहरुले शोक व्यक्त गरेका छन्।
बलिउडमा करिब ४८ वर्ष काम गरेका उनले ५ हजारभन्दा बढी गीत कम्पोज गरेका थिए। उनले हिन्दी, बंगाली, तमिल, तेलुगु, मलयालम, कन्नड, गुजराती, मराठी, पंजाबी, उडिया, भोजपुरी, आसमी भाषासँगै बंगलादेशी र हलिउड फिल्ममा पनि गीत कम्पोज गरेका थिए।