PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

रुपन्देहीमा बन्दको आंशिक प्रभाव, ९ जना पक्राउ



पहिलोपोस्ट

रुपन्देहीमा बन्दको आंशिक प्रभाव, ९ जना पक्राउ

बुटवल : मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोध गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी लगायतका ६ दलले आज आह्वान गरेको नेपाल बन्दको रुपन्देहीमा आंशिक प्रभाव परेको छ।

प्रहरीले बन्द गराउँदै हिँडेका नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु) सहित ९ जनालाई पक्राउ गरेको छ। युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायत नेता कार्यकर्तालाई पनि पक्राउ परेका छन्।

बन्द आह्वानका कारण लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा सिद्धार्थ राजमार्ग तथा पुर्व–पश्चिम राजमार्ग विहानैदेखि सुनसान देखिएका छन्। सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी मुख्य चोकहरुमा तैनाथ गरिएको छ।

जिल्लाको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा, देवदह लगायतका क्षेत्रका सडकमा सार्वजनिक सवारीसाधन नचले पनि बिस्तारै निजी सवारीको चाप बढ्दै गइरहेको छ। पसलहरू भने खुलेका छैनन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell