PahiloPost

Jun 24, 2026 | १० असार २०८३

संसद भवनमा कार्यव्यवस्था परामर्शको बैंठक जारी



पहिलोपोस्ट

संसद भवनमा कार्यव्यवस्था परामर्शको बैंठक जारी

काठमाडौं : केही समय अघिबाट कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।

नयाँ बानेश्वर स्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ बानेश्वस्थित शंकर हलमा समितिको बैठक सुरु भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। सभामुखले बोलाएको परामर्श बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सहभागी भएको छैन।

आज दिउँसो १ बजे संसद भवनमा प्रतिनिधिसभाको बैठक बस्दैछ। आज बस्‍ने बैठकमा एमसीसी टेबुल गर्ने कि नगर्ने भन्ने विषय चर्चामा छ। एससीसीको विषयमा केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिच छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell