PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

संसद भवन नजिकै एमसीसी विरोधीको प्रदर्शन मुठभेडतिर : प्रहरीमाथि ढुंगा प्रहार, आन्दोलनकारीमाथि पानी

संसद भवन नजिकै एमसीसी विरोधीको प्रदर्शन मुठभेडतिर : प्रहरीमाथि ढुंगा प्रहार, आन्दोलनकारीमाथि पानी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : निषेधित क्षेत्र तोड्दै संसद भवन अगाडि विरोधका लागि पुगेका एमसीसी विरोधी समूह र प्रहरीबिच झडप भएको छ। बानेश्वर क्षेत्र यतिखेर सुरक्षाकर्मी र एमसीसी विरोधी बिचको रणमैदानमा परिणत भएको हो।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको विषयमाथि नेपालमा चरम राजनीति जारी छ। आज संसदमा एमसीसी पेश गर्ने तयारी भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिचको छलफलपछि स्थगित भइसकेको छ।

सडक पूरै खाली भइसकेको छ भने निषेधित क्षेत्र तोडेर आन्दोलनमा उत्रिएकाहरु संसद भवनतिर जाने प्रयासमा छन्। यसबिचमा प्रहरीले भिडलाई तितरवितर पार्न पानीको फोहरा प्रहार गरिसकेको छ। त्यसपछि पनि विरोधमा उत्रिएकाहरु अगाडि बढ्ने प्रयासमा छन्

प्रहरी र विरोधमा उत्रिएकाबिच अहिले धकेलाधकेल जारी छ। प्रहरीमाथि ढुंगा प्रहार पनि भएको छ। प्रदर्शनकारीको संख्या पनि बानेश्वर क्षेत्रमा बढ्दो छ। 

 

घाइते भएका अखिल क्रान्तिकारी विप्लव खड्कालाई उपचारका लागि लगिँदै। 



ट्रेन्डिङ पोस्ट

Ncell