PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

'राजतन्त्र जिन्दावाद' भन्दै राप्रपाका कार्यकर्ता पनि बानेश्वरमा, प्रहरी घेरा तोड्दै देउवा, प्रचण्ड र नेपालविरुद्ध नारा

'राजतन्त्र जिन्दावाद' भन्दै राप्रपाका कार्यकर्ता पनि बानेश्वरमा, प्रहरी घेरा तोड्दै देउवा, प्रचण्ड र नेपालविरुद्ध नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रहरीको घेरा तोड्रदै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु पनि नयाँ बानेश्वर पुगेका छन्। 'राजतन्त्र जिन्दावाद' भन्दै बिजुली बजारमा प्रहरीको घेरा तोडेर उनीहरु बानेश्वर पुगेका हुन्।

एमसीसीको विरोधका लागि पुगेका राप्रपाका नेता कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृति समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध पनि नारावाजी गरिरहेका छन्।

बानेश्वरमा विभिन्न वामपन्थी दलका नेता तथा कार्यकर्ता आन्दोलनमा सहभागी भइरहेका छन्। सत्तारुढ दलका नेता नारायणकाजी श्रेष्ठ पनि आन्दोलनमा सहभागी छन्। बानेश्वरमा सत्तारुढ दलकै नेता कार्यकर्ता आन्दोलनमा उत्रिरहेका छन्। त्यही राप्रपा पनि मिसिएको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell