PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ।

आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो।

दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन जारी छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीका कार्यकर्ताहरुले बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन्। माओवादीका कार्यकर्ताहरु बानेश्वरबाट गएपछि राप्रपाका कार्यकर्ताहरु बानेश्वरमा पुगेका थिए। 

प्रदर्शनकारीहरु संसद भवनको गेट अगाडि नै पुगेर प्रदर्शन गरेपछि प्रहरी आक्रमक भएको हो। प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्‍दै गेटमा पुगेका थिए। पानीको फोहोरा हानेर प्रहरीले त्यहाँबाट भिड हटाएको थियो।

भिडलाई एभरेष्ट होटलसम्म लगेको प्रहरीको घेरा फेरि तोडेर प्रदर्शनकारीहरु बानेश्वर चोकसम्म पुगेका छन्। प्रहरीले बानेशवर क्षेत्रमा कयौं सेल अश्रु ग्यास प्रहार गरेको छ भने पानी फोहोरा पनि निरन्तर चलिरहेको छ।

अहिले प्रहरी र प्रदर्शनकारीबिच ढुंगा हानाहान भइरहेको छ। प्रहरीले बानेश्वर क्षेत्रमा प्रदर्शनरत कयौं व्यक्तिलाई पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell