PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन



पहिलोपोस्ट

मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई हराएसँगै मछिन्द्र क्लब दुई खेल बाँकी छँदै लिगको च्याम्पियन बनेको हो। शीर्षस्थानमा रहेको मछिन्द्र क्लबको २९ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङदी क्लबको २० अंक छ। हेड-टू-हेडमा मछिन्द्र अघि रहँदा लिगको उपाधि सुनिश्चित गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सातदोबाटोमाथि मछिन्द्रले संघर्षपूर्ण जित निकालेको हो।

खेलको तेस्रो मिनेटमा विमल घर्तीमगरले काउन्टरमा राम्रो अवसर बनाए पनि सातदोबाटोका डिफेन्डर पिटर सेगुनले बचाउ गरे। त्यस्तै, १९औँ मिनेटमा विमल घर्ती मगरको प्रहार सातदोबाटोका गोलकिपर अभिशेक बरालले उत्कृष्ट बचाउ गरेका थिए। नुर्लानको क्रसमा बिमलले गरेको प्रहार २४औँ मिनेटमा सातदोबाटोका गोलकिपरले बचाएका थिए।

आजको खेलमा जारी लिगमा एक गोलमात्र खाएका मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ पनि व्यस्त रहे। उनले खेलका क्रममा केही उत्कृष्ट बचाउन पनि गरेका थिए।

खेलको ३२औँ मिनेटमा सातदोबाटोका अजायी मार्टिन्सको हेडर मार्फतको कडा प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ उत्कृष्ट पन्च गर्दै जोगाएका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मछिन्द्रले दोस्रो हाफमा अग्रता बनाएको थियो। नुर्लान नोब्रुजोभले ५३औँ मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। गोलपछि च्यासलसँगको खेलमा घाइते भएका मनिष डाँगीको जर्सी मछिन्द्रका खेलाडीले देखाएका थिए। जसमा ‘गेट वेल सुन मनिष’ लेखेको थियो।

मछिन्द्र अघिल्लो सिजनको पनि लिग विजेता हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell